रवि लामिछाने सभामुखबीच करिब २० मिनेट लामो कुराकानी

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १३ १७:१० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका छन् ।

सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछाने र सभामुखबीच करिब २० मिनेट लामो कुराकानी भएको हो । उनीहरुबीच अनौपचारिक भेट भएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार रास्वपा सभापति लामिछानेसँग प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को चार घण्टा लामो भेट भएको थियो । त्यसको भोलिपल्ट सभापति लामिछानेले सभामुख अर्याललाई भेटेका हुन् । 

२०८३ कात्तिक १३ १७:१० बजे

प्रतिक्रिया