श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १२ १६:१६ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जारी रहेको बेला  सुदूरपश्चिम रोयल्सले श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेलाई टिममा आवद्ध गरेको छ ।

तीस वर्षीय रत्नायके एनपीएल खेल्न काठमाडौं आइपुगेका छन् । बायाँहाते ब्याटर तथा दायाँहाते र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० र २ टेस्ट खेल खेलेका छन् । 


२०८३ कात्तिक १२ १६:१६ बजे

प्रतिक्रिया