'बालुवाटार प्रकरणमा गच्छदारले माधव नेपालको निर्देशन मानेका हुन् '

'बालुवाटार प्रकरणमा गच्छदारले माधव नेपालको निर्देशन मानेका हुन् '

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १७:१५ बजे
डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बालुवाटारको जग्गा प्रकरणमा विजयकुमार गच्छदार निर्दोष रहेका बताएका छन्  आइतबार आयोजित पत्रकार सम्मेलनमा महतले तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णयमा गच्छदारभन्दा पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जिम्मेवार  रहेको बताएका छन् । 

उनले भने, ‘विजय गच्छदार निर्दोष हुनुहुन्छ, त्यो मन्त्रीस्तरीय निर्णय होइन । मन्त्रिपरिषद्ले गरेको निर्णय हो र उहाँले प्रधानमन्त्रीको निर्देशन मानेको मात्र हो बालुवाटारको प्रधानमन्त्री निवासको जग्गा सरकारले लिने विषयमा त्यो प्रस्ताव लैजानुभएको हो । माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्रीले नभनी मन्त्रिपरिषद्को निर्णय हुँदैन ।’

महतले अहिले गच्छदारलाई आरोप लगाइए पनि प्रमाणित नभएकाले भ्रष्टाचार भनेर निष्कर्षमा पुग्न नमिल्ने बताएका छन् । महतले अफताब आलमको हकमा पनि आरोपमात्र लागेको र फैसला नभइसकेकाले कार्यकर्ताको सिफारिस रोक्न नसकिने बताएका छन् ।  

२०७९ भदौ १९ १७:१५ बजे

प्रतिक्रिया