एक जना कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेपछि तेहरानको व्यस्त तजरिश स्क्वायरमा भिड जम्मा हुन थालेको छ।
यो नक्कली जेल एउटा बिलबोर्डको अंशको रूपमा राखिएको छ र त्यसमा लेखिएको छः यो दृश्य नहेर्नु अपराध हो।इरानले आफ्नो कूटनीतिक अडान कडा बनाएका बेला राज्यले नै बनाएर यो भिडिओ सार्वजनिक स्थानमा राखिएको छ।
तेहरानले आफ्नो देशमा भ्रमणमा आएका पाकिस्तानी सेना प्रमुखलाई इरानी माग पूरा नगरेसम्म अमेरिकासँग वार्ता नहुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।विविसि
प्रतिक्रिया