"राजनीतिक दलमा गैह्रराजनीतिक हावी "

"राजनीतिक दलमा गैह्रराजनीतिक हावी "

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १५:४८ बजे
माधव कुमार नेपाल

काठमाडौं ।  सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दलमा गैह्रराजनीतिक हावी भएको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा अध्यक्ष नेपालले क्रान्तिकारी दृष्ष्टिकोण, जनता र राष्ट्रप्रति समर्पणको भावना  हराउदैं गएको बताएका हुन् । 

नेपाली समाजका विकृति विसंगति हटाउन कम्युनिस्टहरु नै लागीरहेका  उनको भनाई रहेको छ । राजनीतिमा सफल हुन जनताको विश्वास जित्नुसक्नुपर्ने उनको धारणा रहेको छ । 

समाजवाद ल्याउन क्रान्तिकारी कम्यनिष्ट पार्टी नै आवश्यक रहेको भन्दै  त्यसका लागि इमान्दार नेता र कार्यकर्ता चाहिने भनाई नेपालको रहेको छ । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा दुईवटा खराब प्रवृत्ति हावी भएको बताए।

व्यक्तिवादी र भ्रष्टिकरण प्रवृत्तिले नेपालको कम्युनिष्ट आन्दोलन धरासयी हुँदै उनले बताएका छन् । 

२०७९ भदौ १९ १५:४८ बजे

प्रतिक्रिया