अर्थमन्त्री वाग्ले नयाँ दिल्लीमा

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ६ १९:०३ बजे

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा। सुरेन्द्र थापाले स्वागत गरेका छन् ।

अर्थमन्त्री वाग्ले अक्टोबर २२ र २३ मा आयोजना हुने एनडीटीभी विश्व सम्मेलन २०२६ मा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन् ।

‘व्यवस्थाहरूबीचको विश्व’ विषयमा आयोजना भइरहेको सम्मेलनमा उनले अक्टोबर २३ अर्थात् शुक्रवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०८३ कात्तिक ६ १९:०३ बजे

प्रतिक्रिया