काठमाडौं । दसैँको टीकापछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । खुलेको मौसम, सडकमा गुडिरहेका सवारीसाधनले काठमाडौंमा चहलपहल बढाएको हो ।
बुधवार दशमीका दिनदेखि सुरु भएको टीका लगाउने क्रम बिहीबार एकादशीमा पनि जारी छ । ठाउँअनुसार कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद लिने प्रचलन छ ।
दसैँ मनाउन उपत्यकाबाट धेरै मानिस बाहिरिएपछि केही दिन सडक र बस्ती सुनसान बनेका थिए । तर, टीका सुरु भएसँगै आफन्तकहाँ आउजाउ गर्ने, घुमफिरमा निस्कने र गाउँबाट राजधानी फर्किनेहरूको चहलपहल बढ्न थालेको छ । कतिपय सर्वसाधारण नियमित काममा फर्किन थालेका छन् ।
उपत्यकाका सडकमा सवारीसाधनको चाप पनि बिस्तारै बढिरहेको छ । सडकमा बढ्दो आवागमनसँगै उपत्यकाको जनजीवन पनि बिस्तारै सामान्य लयमा फर्किन थालेको छ ।
प्रतिक्रिया