मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १५:२४ बजे
मानव बेचबिखन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले मानव बेचबिखन तथा बाध्यकारी श्रमको जोखिमपूर्ण अवस्थाबाट नागरिकको संरक्षण गर्नु राज्यको दायित्वको दृष्टिकोणबाट हेरिनु आवश्यक रहेको भन्दै यस सम्बन्धी राष्ट्रिय नीति बनाउन महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न आधुनिक सूचना प्रणालीको प्रयोग गर्न पनि सरकारलाई निर्देशन दिएको छ । मानव बेचबिखन जस्तो जघन्त अपराधमा संलग्नलाई दिइने विद्यमान सजायमा पुर्नविचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

२०७९ भदौ १९ १५:२४ बजे

प्रतिक्रिया