रुपान्तरित निजामती सेवा ऐन ल्याउँछौं : प्रधामन्त्री

रुपान्तरित निजामती सेवा ऐन ल्याउँछौं : प्रधामन्त्री

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १५:०५ बजे
प्रधामन्त्री

काठमाडौं । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई  बोल्दै प्रधामन्त्री  शेर बहादुर दउवाले सरकारी कार्यलयहरुमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको र यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह  गर्नुपर्ने बताएका छन् ।

देउवाले  निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहेको बताएका छन् । देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै निजामती कर्मचारीहरुले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको  बताएका छन् ।

 सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने  बताउदै उनले कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर प्रचलित कानुनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निभाउन पनि निजामती कर्मचारीहरुलाई निर्देशन समेत दिए। 

प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक संघीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भए पनि यससँग तादम्य कायम हुने गरेर प्रशासनिक संघीयतालाई व्यवस्थापन गर्ने थप कार्यहरु गर्नुपर्ने स्थिति रहेको बताएका छन। प्रधानमन्त्री देउवाले नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियनलगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको र संघीय निजामती सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुने  बताएका छन् ।

२०७९ भदौ १९ १५:०५ बजे

प्रतिक्रिया