गुल्मी । गुल्मीको मालिका गाउँपालिका-२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजूको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ४६ वर्षीय बलबहादुर खत्रीले आफ्नै ४२ वर्षीया भाउजु लिला खत्रीलाई कुटपिट गरेका थिए । घटनापछि घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो ।
२०८३ असोज २८ गते घर लैजाने क्रममा बाटोमा शङ्का लागेपछि उनलाई गुल्मी जिल्ला अस्पताल, तम्घासमा जाँच गराइएको थियो । चिकित्सकले दिउँसो करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया