काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् ।
सत्तारुढ दलका नेताहरुले संसदको आयु लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन कुरा वाहिरीएको हो ।
राप्रपा स्रोतका अनुसार आज बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै लिङदेनले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुने छ ।
प्रतिक्रिया