शहिद परिवारका नेता गोविन्द्र वोहराले नेपाली कम्युनिष्ट पार्टी परित्यागको घोषणा, मुख्यमत्री खगराज भट्टले कमिसनमा योजना वितरण गरेको आरोप

कमिसन र बिचौलिया मुखी बजेट आयो तेइ भयर अब मैले यस्ता सर्बहाराको नाममा जन्ताको खुन पसिना चुस्ने १७०००। सहिदहरुको रगत माथी रजाइ गर्ने नेता,नेतृत्वमा रहुन्जेल सम्म हामी जन्ताको माझमा चुतिया देखिने भष्ट्र देखिने दलाल देखिने हुदा पार्टी परित्याग गरे

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २६ १३:१६ बजे
मुख्खमत्री खगराज भट्ट सँगै गोविन्द वोहरा

डडेल्धुरा।  नावालक अवस्था देखि जनयुध्दमा झुकाप राख्दै आएका तथा विधार्थी सँगठनमा काम गरेका शहिद परिवारका सदस्य  एव नेकपाका प्रदेश समिति सदस्य गोविन्द्र वोहराले आज फेसवुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन।

जनयुध्दामा उहाँका एकाघरका काका दानवहादुर वोहरालाई माओवादीको आरोपमा सुरक्षाकर्मीले गाउँवाट नै गिरफ्तार गरेर गोली हानी हत्या गरेका थिए।उनी शहिद परिवारका सदस्य पनि हुन। उहाँ  मुख्यमत्रीको निर्वाचन क्षेत्र१(क) अन्तगत पर्ने प.न.पा. वार्ड न.८का निर्वतमान वर्डा अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सदस्य पनि हुनुहुन्छ।

आज उहाँले फेसवुक वालमा लेख्दै भनेका छन- कमिसनवाला मुख्यमत्री खगराज भट्ट भए पछि जनताको लागी वजेट कहाँ वाट आउथ्यो भन्दै  थप लेखेका छन-

सम्पुर्ण फेसबुक साथी हरु मा नमस्कार 🙏🙏🙏

जेन्जी आन्दोलन भयको पनि लगभग १३ महिना बिति सक्यो, जेन्जी आन्दोलन किन भयो भन्दा देश भित्र मौलायको भष्ट्राचार ब्यथितीका बिरुद्ध नाबालक ,किशोर ,किशोरीहरु ले  गरेका थिय र ७६ जाना लाउ लाउ खाउखाउ भन्ने उमेर मा ज्यान को आहुती दिय  पक्कै पनि पार्टी परिवर्तन नगरे पनि जन्ताका इन्च्छा आकङ्क्षा र आबस्यक्ताको आधारमा पुराना भनिने दलहरुले पनि आफू लाई परिवर्तन गर्छन रुपान्तरण हुन्छन पक्कै पनि जन्ताका समस्या अझै गम्भीर रुपमा उजागर गरेर समाधान गर्छन जस्तो लागेको थियो र  जो कोइले पनि अब आफ्ना हरेक आचरण को रूपान्तर गर्छन जस्तो लागेको थियो तर हिजो मात्र सुदुरपश्चिम सरकारले बजेट ल्यायो त्यो बजेट भित्र जन्ताका अति आबस्यक योजनाहरु सम्बोधन हुन्छन पक्कै पनि लागेको थियो तर भयन भयत केबल बिचौलियाहरुका योजना कमिसनमा बेचियका योजना सम्बोधन भय ,  मलाइ लाग्थ्यो अब प्रदेशको नेतृत्व एउटा सर्बहारा बर्गको लिडर, नेता हरेक जनताको समस्या बुझेको भुगोल बुझेको , इमान्दार जस्तै देखिने ब्यक्तीले नेतृत्व गर्नु भयको छ पक्कै पनि जनमुखी बजेट आउँछ होला लागेको थियो तर आयन कमिसन र बिचौलिया मुखी बजेट आयो तेइ भयर अब मैले यस्ता सर्बहाराको नाममा  जन्ताको खुन पसिना चुस्ने १७०००। सहिदहरुको रगत माथी रजाइ गर्ने  नेता,नेतृत्वमा रहुन्जेल सम्म हामी जन्ताको माझमा चुतिया देखिने भष्ट्र देखिने दलाल देखिने भयको हुदा यस्ता (मुख मा राम राम  बगली मा छुरा) भयका अपराधीक , भष्ट्र मानसिकता भयका ब्यक्ती नेतृत्वमा रहुन्जेल सम्म यो नेकपा पार्टी को सदस्य हुन नसक्ने भयको हुदा आज को दिन देखि ने क पा को प्रदेश कमिटी सदस्य परित्याग गर्दै स्वतन्त्र भयको घँषणा गर्द छु । हस्त नमस्कार 🙏🙏🙏🙏 

May be an image of text

२०८३ असोज २६ १३:१६ बजे

प्रतिक्रिया