नुवाकोट । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमताको एक्रो पुल जडान कार्य सम्पन्न भएको छ ।
नेपाली सेनाले पुल जडान कार्य सम्पन्न गरेसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने भएको छ ।
पुल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानी गर्न पनि सहज हुने अपेक्षा गरिएको छ । बाढीका कारण प्रभावित सडक तथा यातायात सम्पर्कमा समस्या भइरहेका बेला पुल जडानले स्थानीय बासिन्दालाई आवागमन र राहत वितरणमा सहयोग पुग्नेछ ।
नेपाली सेनाले जडान गरेको उक्त पुलले नुवाकोट र रसुवाबीचको आवागमन सहज बनाउनुका साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई समेत सहयोग पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया