तारतान्दा असइ वेपत्ता

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २४ १५:२६ बजे

महेन्द्रनगर। महाकाली नदीमा रहेको दोधाराचाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता भएका छन्।

असई सागरराज थारु महाकाली नदीमा बेपत्ता भएका हुन्। देवीस्थान गुल्ममा कार्यरत थारु आज (शनिबार) दिउँसो दोधाराचाँदनी–४ बाट भीमदत्त–१३ तर्फ रबर बोटको सहायताले तार तान्ने क्रममा नदीमा खसेका हुन्।

तार खुट्टामा अल्झिएपछि उनी नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।




२०८३ असोज २४ १५:२६ बजे

प्रतिक्रिया