कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २१ १६:३८ बजे

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नीति तथा कार्यक्रम तय गर्ने मुख्य मानिएको बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा शीर्ष नेताहरूका चार महत्त्वपूर्ण प्रतिवेदन पारित गरेसँगै महाधिवेशन नेतृत्व चयनको चुनावी प्रक्रियामा प्रवेश गर्नेछ ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनहरू पेश गरी छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ । 

प्रतिवेदनहरू अनुमोदन भएसँगै महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको प्रक्रिया मात्र बाँकी रहनेछ ।

निर्वाचन कार्यतालिका अनुसार नयाँ कार्यसमिति चयनका लागि आगामी असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।

यस महाधिवेशनबाट कांग्रेसको कुल २४ सदस्यीय पदाधिकारी संरचना तयार हुनेछ। जसमा १ सभापति, १ वरिष्ठ उपसभापतिसहित ४ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्ष रहने व्यवस्था छ ।

कुल २४ पदाधिकारीमध्ये ४ जना सहमहामन्त्री र १ जना कोषाध्यक्ष निर्वाचित सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था छ । यस अनुसार महाधिवेशनबाट प्रत्यक्ष मतदानमार्फत १९ जना पदाधिकारी निर्वाचित हुनेछन् ।

२०८३ असोज २१ १६:३८ बजे

प्रतिक्रिया