गगन थापासँग भिड्न एमालेबाट राजन भट्टराई चुनावी मैदानमा, के छ अवस्था ?

गगन थापासँग भिड्न एमालेबाट राजन भट्टराई चुनावी मैदानमा, के छ अवस्था ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १३:१२ बजे

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं-४ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफरिस भएका छन्।

शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले बताए।

यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो ।

तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका थिए। २०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा।राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

यसबर्ष पनि नेकपा एमालेले गगन थापासंग भिड्न स्थायी कमिटी सदस्य डा। राजन भट्टराईलाई उठाएको छ । एमालेका अर्का नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि काठमाडौं क्षेत्र नम्बर।४ मा भट्टराईको नाम सर्वसम्मतले सिफारिस भएको हो ।


बुधबार क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाण्डुका पूर्वअध्यक्ष कुइँकेलले पनि आफ्नो दाबी पेस गरेका थिए । तर, कुइँकेलले आफ्नो दावी फिर्ता लिएपछि अब संघीय निर्वाचन अन्तर्गत कांग्रेस महामन्त्री थापासँग नेकपा एमालेको तर्फबाट भट्टराईले प्रतिस्पर्धा गर्नेछन् । गगनले यस पटक पनि काठमाण्डु ४ बाटै उठ्ने निणर्य लिएका छन् । उनको नामबारे अन्य क्षेत्रमा चले पनि तर आफूले काठमाण्डु ४ नछाड्ने थापाले बताइसकेका छन् ।

नेकपा एमालेबाट सिफारिस भएका डा। भट्टराई दोस्रोपटक गगन थापासँग चुनावी मैदानमा उत्रिने भएका छन् । भट्टराई यसअघि २०७४ को आमनिर्वाचनमा थापासँगै पराजित भएका थिए । भट्टराई अहिले एमालेको विदेश विभाग प्रमुख हुन् । त्यसबेला गगनले २१ हजार ५५८ मत ल्याएका थिए। थापासँग पराजित डा। भट्टराईले १८ हजार १४० मत ल्याउन सफल भएका थिए ।

को बलियो?

गत बैशाख ३० गते सम्पन्न स्थानीइ तहको निर्वाचनको मत परिणम हेर्दा सो क्षेत्रमा नेकपा एमाले बलियो देखिन्छ। सो क्षेत्रको बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामध्ये सबैमा एमालेका उम्मेदवार विजयी भएका छन् । बूढानीलकण्ठ नगरपालिका भट्टराईको क्षेत्रसमेत हो ।

स्थानीय तह निर्वाचनमा वडा तहमा आएको मतका आधारमा एमाले सबै भन्दा अग्र स्थानमा छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले १६ हजार ५०७ मत ल्याउन सफल भएको छ । त्यस्तै कांग्रेस १५ हजार ७६३ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा एसको २४२१ र माओवादीको ११६८ मत ल्याएका छन् ।

स्थानीय तहको निर्वाचनको मतका आधारमा गगन थापालाई यस वर्ष चुनाव जित्न सहज छैन् । तर, सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेल गरेको खण्डमा भने थापाको जित हुने पक्का जस्तै नै छ ।

२०७९ भदौ १९ १३:१२ बजे

प्रतिक्रिया