शशांक र बिनोद चौधरी एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

शशांक र बिनोद चौधरी एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १२:४७ बजे
शशांक र बिनोद चौधरी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्रबाट लड्ने भएका छन् ।

बिनोद चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुन् । दुबैजनाले पूर्वी नवलपरासी(नवलपुर) को निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जनाएका छन् । 

उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले भने ३ पटक चुनाव जितेका सकेका छन् । कोइराला यसपटकको निर्वाचनमा पनि सोहि निर्वाचन  क्षेत्रबाट चुनाव लड्ने त्यारीमा रहेका छन् । उद्योगपति चौधरीले २ नं. क्षेत्रबाट पनि प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव रानाभाटले  जनाएका छन् । 

जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं. १ बाट ८ जना र क्षेत्र नं. २ बाट ६ जनाले आवेदन दिएका छन् ।

आवेदन परेका सबैको नाम छनौट गरेर भदौ २० गते उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरीने पार्टीले जनाएको छ ।

२०७९ भदौ १९ १२:४७ बजे

प्रतिक्रिया