नेकपा (क्रान्तिकारी माओवादी ) आलिताल गाउ कमिटीले चुनाव बहिष्कार गर्ने

नेकपा (क्रान्तिकारी माओवादी ) आलिताल गाउ कमिटीले चुनाव बहिष्कार गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १७:४९ बजे
चुनाव बहिष्कार गर्ने

 काठमाडौं ।  नेकपा ( क्रान्तिकारी माओवादी ) आलिताल गाउ कमिटीले चुनाव बहिष्कार गर्ने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को आलिताल गाउँपालिका अध्यक्ष तेज वहादुर राना मगरको अध्यक्षतामा  गाउ कमिटी को बैठक बसी यस्तो निणर्य गरेको हो।

आलिताल गाउँपालिकाभरि जन भेट घाट , सदस्यता वितरण ,कमिटी गठन, पुर्नगठन गरि संगठन विस्तार गर्ने , २०४८ साल देखी २०७९ साल  करिव ३० वर्ष सम्म जनता ले दलाल सँसदिय व्यवस्था को प्रतिनिधि सभा सदस्यहरूका उम्मेदवारहरू लाई भोट दिदै आए पनि जनताको जीवनस्तर दिन प्रतिदिन गिर्दै गएको, महङ्गी भ्रष्टाचार कमिसन ले राज्यका सबै निकायहरू थला परेको अवस्थामा अझ चुनाव जितेर थप भ्रष्टाचार गर्न, एमसिसि, एसपिपि जस्तै राष्ट्रघाती  सन्धि ,सम्झौता पारित गर्न र राष्ट्रघाती नागरिकता विधेयक पास गर्न  का लागी कतिपय व्यक्तिहरूले पुन निर्वाचित हुने चाहेका बताएका छन् । 

 दलाल संसदीय व्यवस्थाले जनता हित विपरित काम गर्दै आएकोले यस को विकल्प नयाँ जनवादी व्यवस्था भएको हुदा आगामी म‌सिर ४ गते हुन गइ रहेको दलाल संसदीय व्यवस्थाको प्रतिनिधि सभा निर्वाचन २०७९ को चुनाव बहिस्करण गर्नु पर्ने  विजयले  बताएका छन् । निर्णय कार्यान्वयन गर्ने प्रतिवध्दता व्यक्त गर्दै अध्यक्षले वैठक समापन  गरे । 

२०७९ भदौ १७ १७:४९ बजे

प्रतिक्रिया