विश्वविद्यालय तालामुक्त बनाउ : शिक्षामन्त्री

विश्वविद्यालय तालामुक्त बनाउ : शिक्षामन्त्री

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १३:१८ बजे
विश्वविद्यालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त  बनाउने आवश्यक रहेको बताएका छन् । शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई उनले यस्तो बताएका हुन् । उनले  विश्वविद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए । 

'विश्वविद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔं र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ', उनले भने  ।  उनले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने  बताएका छन् । मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरुसँग  छलफल गरीरहेको  बताएका छन् ।  नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटि भइरहेको उनले  बताएका छन् ।

२०७९ भदौ १७ १३:१८ बजे

प्रतिक्रिया