कञ्चनपुर। क्रान्तिकारी कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश(१ र २ नम्वर व्युरो)को आयोजनामा हिजो कञ्चनपुरको सामदैजीमा जनत सग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अन्तक्रिया पछि दिनेश रानाको सँयोजकत्वमा ९ जनाको किसान कमिटी गठन गरिएको छ। जसमा सह-सँयोजक सोनु चौधरी,सदस्यहरुमा विक्रम चौधरी रामु चौधरी घुम्न राना नविन चौधरी सरिता चौधरी प्रेम राना र मञ्जु राना रहेको छन।
जनसचेतना कार्यक्रम अन्तगत कैलालीमा यसभन्दा पुर्व जनसभाका कार्यक्रम सम्पन्न भएका थिए। २०८३ श्रावण १४ गते कञ्चनपुरको सामादैजीमा किसान सँग एक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्य कार्यक्रम जिल्ला पार्टीले जिल्ला भरि नै सञ्चालन गर्ने जिल्ला पार्टी इञ्चार्ज डम्वर विष्टले वताएका छन।
हिजोको अन्तक्रिया कार्यक्रमको सहजिकरण सिसिएम तथा जिल्ला इञ्चार्ज डम्वर विष्टले गरेका थिए। पार्टी पिविएम तथा व्युरो इञ्चार्ज लालवहादुर जाग्री व्युरो न.१ का सचिव रामवहादुर महरा व्युरो न. २ का सचिव लालवहादुर मडौले अन्तक्रियामा पार्टीको निति कार्यक्रम सम्वन्धि धारणा राखेका थिए। कार्यक्रममा पार्टी नेता कमल चौधरी टँक कोइराला राम वहादुर धामी पदम सार्की समेतको सहभागिता रहेको थियो।
प्रधानमत्रीलाई वुझाइयो ९ वुदे ज्ञापनपत्र
क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुर जिल्ला समितिले हिजो कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमत्रीलाई ज्ञापनपत्र वुझाएको छन।
ज्ञापनपत्रमा भनिएको छ-बर्खामासको बाढी पहिरो डुबान सडक दुर्घटना जस्ता प्राकृतिक प्रकोपका साथै राज्यद्वारा सिर्जना गरिएका सुकुम्बासीको घरबारविहीनताले निम्न तथा निम्न मध्यमवर्गीय व्यापारी मजदुरहरू किसानहरू विभिन्न सहकारी मिटर ब्याजी पीडित जनताले अकालमै आत्मदाह जस्ता अत्यन्तै मार्मिक कारुणिक घटना व्यहोर्नु परेको छ। सत्ता सञ्चालकहरू नयाँको नाममा आज जनतामाथि विभिन्न प्रकारका करका भारहरु तथा दण्डहरू निर्धारण गरि जनताको ढाड सेक्ने काम गरेको छ।सरकारको यस्तो व्यवहारले उत्पीडित जनसमुदाय झन्झन् उत्पीडनमा थपिदै गइरहेको सर्वविधितै छ। देशको इतिहासमै दुईतिहाइ नजिकको सरकारलाई जनताले ठूलो आशा र भरोसा गरेर दिएका थिए। सरकारले जनताका निम्न अति आवश्यकताहरू लाई तत्काल पूरा गर्न यो ज्ञापनपत्र पेश गरिएको छ।
१ खेतीपातीको समयमा किसानले मल नपाई दिनहु लाइन लाग्ने र रित्तो हात फर्किने क्रम चलिरहेको छ यो समय किसानले मल पाउन नसके देशमै ठूलो खाद्यान्न अभाव हुने देखिन्छ। त्यसकारण अभिलम्ब सरकारलाई किसानलाई आवश्यक मल सहजरुपमा उपलब्ध गराउन जोडदार माग गर्दछौं।
२ देशैभरि विभिन्न किसिमको हत्या हिंसा सम्प्रदायिक दङ्ग पीडित जनताले आत्मदाह तथा आत्महत्या गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य गरियोस। जनताका पिरमर्कालाई समाधान गरियोस ।
३ बढ्दो बिदेशी हस्तक्षेप अन्त्य गर्दै भारतीय पक्षद्वारा अतिक्रमित कालापानी लिम्पियाधुरा लिपुलेक सहित देशभरिका नेपाली भूमि फिर्ताका लागि आवश्यक पहल गर्न माग गर्दछौ।
४ जनतालाई थुपारिएको अनावश्यक कर विद्युत महसुलमा लाग्ने जस्ता अनावश्यक कर्भ्याटहरू अभिलम्ब खारेज गर्नुपर्दछ।
५ जनयुद्धको क्रममा सेना परिचालन गरी कञ्चनपुरको शुक्लाफाँटा आरक्ष विस्तारको नाममा जनताको जग्गा जमिन खोसेर घरबारविहीन बनाएको झन्डै २५ वर्ष हुन लाग्यो। जनताहरू छाप्रोमा सर्पदंश जङ्गली जनावर हात्ती बाघको डर त्रास सिकार हुँदै आएका छन्। आरक्षण पीडितहरूको अभिलम्ब व्यवस्थापन वा क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गर्दछौं।
६ जनसरोकारसँग जोडिएका महाकाली करिडोर तथा गेटा मेडिकल विश्वविधालयका सवै सेवा एव कार्य अभिलम्ब सम्पन्न्शुरवात गर्न माग गर्दछौं।
७ मुक्त कमैया हलिया लाई राज्यले उपलब्ध गराएको जमिनको स्वामित्व व्यक्तिमा निहित हुने गरी अन्य जमिन सरह त्यसको चलन भोग र आवश्यक बैंकङ कारोबार गर्न नपाउने गरी जग्गामाथि लगाएको अनावश्यक सरकारी शर्त खारेज गरियोस।
८ राज्यले सुकुम्बासीहरूलाई घरबारविहीन बनाउने गरी कसैलाई विकल्प रहित ढंगले लखेट्ने कामले देशैभरि जनतामा सन्त्रास पैदा गरेको छ। लामो समय देखि भोग चलन गरेको जग्गा जमिन नाप(जाँच गर्ने वा उपयुक्त अन्य वैकल्पिक व्यवस्था गरियोस् ।
९ देशमा बिकराल समस्याको रुपमा फैलिदै गएको लागुऔषधको कारोबार र प्रयोगकर्ता नियन्त्रणका लागी स्कुलतह देखि सचेतना एव दण्डात्मक कार्यक्रम गर्न सरकार र स्थानिय प्रशासनको ध्यानाकर्षण गराउदछौं।
डम्बर विष्ट समेतले हस्ताक्षर गरीएको ज्ञापनपत्र पार्टी सिसिएम तथा जिल्ला सचिव विष्णु दमाइले वाचन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमत्री लाई वुझाएको थियो।
प्रतिक्रिया