सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त

bimbonline बिम्ब अनलाइन
२०८३ असार ३१ १४:५१ बजे

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री शाहले एमालेका चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।

यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए।

उनले एक घण्टाभित्र बजेट पास गर्ने या सरकार छोड्ने बारे निर्णय दिन एमाले मन्त्रीहरूलाई अल्टिमेटम दिएका थिए।शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएको एक घण्टा नपुग्दै एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

बर्खास्त गरिएका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद छन्।


२०८३ असार ३१ १४:५१ बजे

प्रतिक्रिया