दलितको नाम भजाएर सत्तामा पुगेको खगेन्द्र सुनार किन मौन

गणेश नेपालीको आत्मदाहा काण्डमा

bimbonline बिम्ब अनलाइन
२०८३ असार २८ १७:५९ बजे
राम सिह

दलितका लागि दलित अभियान्ता भनेर कहिले  नेपाल र कहिले  भारतका गल्ली गल्लीमा लोकप्रिय नारा दिँदै  संसदमा छिरेका खगेन्द्र सुनार हिजो २०८३ असार २७ गते। मुगुका  एक जान युवा त्रिपुरेश्वरस्थित राहदानी विभागका अगाडी गणेश नेपालीले गरेको आत्मादाह प्रयासको घटनामा प्रत्यक्षदर्शीका अनुसार महानगर प्रहरीको चरम लापरबाही र संवेदनहीनता देखिएको छ। जसले गर्दा  आफ्नै सरिर माथि आगो लगाएर आत्मा हत्या  गर्न बाध्य बनायो। यो घटनाले आज  

सारा देश युवा, आम नेपाली र बिध्यार्थी, पत्रकार  आन्दोलनमा उतर्नु बाध्य बनाउन समेत   साठीलाख दलित जातिको न्याय लागि म लड्छु भनेर  खुट्टामा देखि टाउको सम्म भारतको  लोहा फिल्ममा विलेन लाई  जंजिर बेरेझैं गरेर काठमाडौंको सडकमा हिडेका खगेन्द्र सुनार सरकारमा पुगेपछि  चुपचाप बसेका छन। मान्छेलाई चिन्न परेमा व्यावहारले चिन्नु पर्ने हुन्छ त्यसकारण खगेन्द्र सुनार पनि  हात्तिको खाने दाँत एउटा देखाउने दाँत अर्कै भनेझै रहेछन  मैले सुरुमा नै भनेको थिए खगेन्द्र सुनार  दलितको पक्षमा जुन कुरा गरि रहेकाछन उहाँ सरकारमा जानका लागि कुनै पार्टीले मलाई बोलाउने छन मेरो साथमा धेरै जनता छन भन्ने कुरा राजनीति पार्टीले थाहा पाउन भन्ने हेतुले  खगेन्द्र सोनारले दलित जातिहरुलाइ उपयोग गरेको हो ।

बिगतमा  जसरी  राजा महाराजाहरुले दलित जातिहरुलाइ छुवाछूत भेदभाव मेटाउने नाममा बर्षौ देखि शोषण गरे  २०४६ सालको जनआन्दोलन पछि बहुदलीय व्यवस्था हुदै गणतन्त्र सम्म आउदा खेरि कहिले नेपाली  काँग्रेसले प्रलोभन देखाए सत्तामा पुगे कहिले नामधारी कम्युनिस्टहरुले दलित जाति हरुलाइ आफ्नो स्वार्थ पूरा गर्ने बन्दुक सम्म काँधमा बोकाएर सत्ता प्राप्त गरे । यसरी समग्रमा हेर्दा तुलनात्मक रुपले  पञ्चायती व्यवस्था भन्दा बहुदलीय व्यवस्थामा केही सुधार भयो बहुदलीय व्यवस्था भन्दा गणतन्त्रमा केहि परिवर्तन आएपनि दलित जातिको अवस्थामा सुधार आएको छैन जातीय भेदभाव कायमै छ । खासगरी यसैको फाइदा लिदै खगेन्द्र सुनारले दलित जातिहरुलाइ  प्रलोभन देखाएर आफू राष्ट्रिय स्वतन्त्र पार्टी  प्रवेश गरेर अहिले दलित जातिको लागि चुईक पनि बोलेका छैन सबै दलित जातिहरुले खगेन्द्र सुनारलाइ बुझ्न पर्ने बेला आएको छ ।

गणेश नेपाली २५ बर्षे युवालाई अहिलेको सत्ताधारी सरकारले आफ्नै शरीर माथि आगो लगाएर आत्माहत्या गर्न बाध्य पारियो यो सरकार नेपाली जनताको पक्षमा छैन खास गरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको पहिलो संबोधन गर्दै गर्दा हात जोडेर दलित जातिसंग माफी मागेपनि दाईको लाहोर भैरहवा सम्म मात्र रहेछ भन्ने नेपाली उखान जस्तै भयो जसको ताजा उदाहरण गणेश नेपालीको आत्माहत्या गर्न यो बालेन सरकारले गरेको छ। त्यसकारण यो फाँसीवादी सरकारको चौतर्फी बिरोध गर्नु पर्दछ युवा बिध्यार्थीहरु सडकमा उत्रिसकेका छन त्यस कारण राष्ट्र बिरोधि जनबिरोधि दलित र सुकुम्बासी बिरोधि नालायक सरकारको भन्डाफोर गर्नु  अर्को बिकल्प छैन ।


२०८३ असार २८ १७:५९ बजे

प्रतिक्रिया