रहेन्न वामपन्थी नेता दानवहादुर विश्वकर्मा

bimbonline बिम्ब अनलाइन
२०८३ असार २४ ११:३५ बजे
दान वहादुर विश्वकर्मा

काठमाडौं । सुदूरपश्चिमको वामपन्थी तथा दलित आन्दोलन सँग जोडिएको  प्रशिध्द नाम हो   दानबहादुर विश्वकर्मा । यस क्षेत्रमा उहाँ लान नचिन्न व्यक्ति कमै होलान।

डडेल्धुराको आलिताल गाउपालीकाको घरेलु लामिजाले गाउँको वसाइ वा सरेर कैलालीको वोरडाडीमा वसोवास गर्दै आएका विक सानै देखि दलित आन्दोलनमा जोडिनु भयो। सँयुक्त जनमोर्चा वाट डडेल्धुराको प्रतिनिध सभा सदस्यमा उहाँ पटक पटक उम्मेदवार हुनुभएको थियो। राष्टिय जनमोर्चा र सँयुक्त जनमोर्चाको एकता पछि उहाँ जनमोर्चा नेपालको केन्द्रिय सदस्य हुनुहुन्थ्यो।

विश्वकर्माको २०८३।३।२३ गते असामयिक निधन भएको छ ।विश्वकर्माको कैलाली जिल्ला, धनगढी –१३, बोराडाँडी निवासी हुनुहुन्थ्यो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको उपाध्यक्ष लगायतका पदमा रही विश्वकर्माले दलित आन्दोलनमा योगदान पुराउनुभएको थियो । विश्वकर्माको पछिल्लो खोजमुलक कृति “शिल्पी  समुदायको बृहत इतिहास” पढ्न लायक छ । सो पुस्तकले उहाँलाई सधैं सम्झाइ रहनेछ । राष्ट्रिय दलित आयोगको सदस्य समेत रही उहाँले काम गर्नु भएको थियो । दानबहादुर विश्वकर्मा पछिल्लो अवधिमा नेपाली कम्यूनिष्ट पार्टीमा आबद्ध हुनुहुन्थ्यो । २०५९ देखि २०६३ सम्म उहाँ नेकपा (एकताकेन्द्र –मसाल ) सम्बद्ध जनमोर्चा नेपालको केन्द्रीय नेता हुनुहुन्थ्यो ।


२०८३ असार २४ ११:३५ बजे

प्रतिक्रिया