रास्वपाका ९९ केन्द्रीय सदस्यमा ४९ महिला निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०८३ असार १२ ०९:५७ बजे

चितवन । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया जारी छ । चितवनको भरतपुरमा पदाधिकारी चयनका निम्ति मतदानको तयारी गरिएको छ ।

पदाधिकारीअघि ९९ केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । ९९ मध्ये मतदानमार्फत केन्द्रीय सदस्यमा ४९ महिला निर्वाचित भएका छन् ।खुला केन्द्रीय सदस्यमा नौ महिला निर्वाचित भएका छन् । खसआर्यतर्फ पाँच, आदिवासी र  जनजातितर्फ चार महिला निर्वाचित भएका पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

कोसी प्रदेशबाट चार महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मधेसबाट चार, वाग्मतीमा सबै अर्थात् पाँच, गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा दुई महिला निर्वाचित भएका आयोगले जनाएको छ ।

लुम्बिनीबाट चार, कर्णालीमा चार, सुदूरपश्चिम प्रदेशबाट दुई, थारू क्लस्टतर्फ एक, मधेसीबाट दुई, दलिततर्फ दुई र मुस्लिम कोटाबाट एक महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका आयोगले जनाएको छ ।

तीनदिने भनेर यही असार ७ गते उद्घाटन गरिएको रास्वपाको महाधिवेशन लम्बिएको छ । पदाधिकारी चयनपश्चात् आज (असार १२) महाधिवेशन समापन गर्ने तयारी छ ।



२०८३ असार १२ ०९:५७ बजे

प्रतिक्रिया