सुनको मुल्य आज पनि ओरालो

सुनको मुल्य आज पनि ओरालो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ ११:३५ बजे
सुनको मुल्य

काठमाडौं । नेपालमा सुनचाँदीकाे   मुल्य  निरन्तर ओरालो लागि रहेको छ ।    नेपाल सुनचाँदी  व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेको हो  । त्यस्तै  चाँदीको मूल्य प्रतितोला ६ रुपैयाँले  उकालाे लागेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

२०७९ भदौ १७ ११:३५ बजे

प्रतिक्रिया