काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादी पार्टी अर्थात कृर्षि उत्पादन कम्पनीका १२जना केन्द्रीय सदस्य सहिद दर्जन भन्दा वढी पार्टी छाडेका छन्। तर घर जग्गा भन्ने विप्लव सँगै रहेको छ।
पार्टीभित्र देखिएको मतभेदलाई लिएर शनिबार उनीहरूले पार्टी छाडेका हुन्। पार्टी छाड्नेहरूमा केन्द्रीय सदस्यहरू सन्जिव मगर, कमल केसी, जनक राउत, गोपाल भोलन, निशान, कपील भट्ट रहेका छन्।
यस्तै केन्द्रीय सदस्यहरू दुर्गा तामाङ, धिरज राना, भिमसेन घिमिरे, हेमन्त चौधरी रहेका छन् भने नुवाकोटका पूर्व जिल्ला इन्चार्ज नवीन सुवेदी र सुनसरीका पूर्व जिल्ला सेक्रेटरी रवि गोलेले पार्टी छाडेको घोषणा गरेका छन्।
उनीहरू पार्टी छाड्दै सार्वजनिक गरिएको जानकारीमा केन्द्रीय सचिवालय सदस्य उमा भुजेल, शिलु सी र चन्द्रबहादुर खड्कालाई कारबाही गरिएकोप्रति असन्तुष्ट व्यक्ति गरिएको छ। विप्लवले पार्टीलाई पनि निजि कम्पनी सरह सञ्चालन गरेको फरक मत वा विचार राख्ने लाई पार्टी वाट निष्कासन गर्ने गरेको आरोप पनि लगाएका छन।
उनीहरू तीन जनालाई केही दिन अघि कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको थियो। उनीहरूलाई निष्कासन गर्दा साधारणरुपमा स्पष्टीकरण सोध्ने काम पनि नगरिएको र पार्टीको विधि विधानको उल्लंघन गरिएको विज्ञप्तिमा जनाइएको छ।विज्ञप्तिमा विप्लवको पद ओगटी रहने प्रवृत्ति भएको भन्दै आलोचनासमेत गरिएको छ।


प्रतिक्रिया