काठमाण्डौ।वालेन सरकारको फासिवादी शैलीले लोकतत्रका मुल्य मान्यता खतरामा परेको र देश अशान्ति तर्फ धकेलिएको भन्दै आज काठमाण्डौमा वुध्दिजिवि पेशाकर्मीहरुले विशाल प्रर्दशन गरेका छन।
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापड (नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन) ले लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,ट्रेड युनियन अधिकार र सूचनाको हकको संरक्षणका लागि माइतीघर देखि सडक विभाग सम्मको ऐक्यबद्धता ऱ्याली प्रर्दशन गरेका थिए।
प्रतिक्रिया