सुदूरपश्चिममा जनसचेतना कार्यक्रम २०८३ आजवाट शुरु

अहिलेको सरकार साम्रज्यवादी अमेरिकाको आडभरोसामा टिओविले सञ्चालन गरेको हुदा देशको स्वाधिनता गम्भीर सँकटमा परेकोछ- जाग्री

bimbonline बिम्ब अनलाइन
२०८३ असार १ २०:२२ बजे

धनगढी। साम्राज्यवाद विस्तारवाद र फासिवादको विरूध्द राष्टिय स्वाधिनताको पक्षमा जनसचेतना कार्यक्रम २०८३ को आज कैलालीको लालपुरमा एक जनसभाका विच सुदूरपश्चिम(१ र २)न. व्युरो इञ्चार्ज लालवहादुर जाग्रीले व्यानर वाचन गरेर उदघाटन गर्नुभयो।

अहिलेको सरकार साम्राज्यवादी अमेरिकाको आडभरोसामा टिओविले सञ्चालन गरेको हुदा देशको स्वाधिनता गम्भीर सँकटमा परेको उहाँले वताउनु भयो।  सरकारले गोदावारीमा जनताका घर टहरामा ढूङ्गा मुढा हान्ने  ट्याम्पो भिरमा धकेलेर नोक्सान गरि राज्य आतङग सृजना गरेको फरक विचार  राख्ने लाई झुठ्ठा मुद्दा लगाउने जस्ता फासिवादी काम गएको जाग्रीले वताएका छन।

जनसचेतना कार्यक्रमको पहिलो चरणमा कैलाली कञ्चनपुर डडेल्धुरामा  जनसभा, भेटघाट अन्तसम्वादका कार्यक्रम सञ्चलान गरिने व्युरो न.१ का सेक्रेटी रामवहादुर महराले वताउनु भयो।

कार्यक्रमको अध्यक्षता २ न. व्युरो सेक्रेटी लालवहादुर मडै सञ्चालन व्युरो सदस्य रामवहादुर धामी स्वागत भाषण कैलाली जिल्लाका का.वा. सेक्रेटी टँक कोइरालाले गर्नु भएको थियो। पार्टीका सिसिएम रुद्र कडेल ,महिला मोर्चाका मिना कडाल दलित मोर्चाका लोकवहादुर वि.क. थारु मोर्चाका हरि नारायण रानालाई कार्यक्रममा आसन ग्रहण गरेका थिए। कार्यक्रममा जनताको उल्लेख्य सहभागिता रहेको  वताइन्छ।

भोली कैलालीकै मालाखेतिमा पर्सि गेटामा कार्यक्रम रहेको व्युरो सचिव लालवहादुर मडैले वताएका छन।

२०८३ असार १ २०:२२ बजे

प्रतिक्रिया