सत्तासिन दल रास्वपा चन्दा सँकलन गर्दै

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ ३० १२:४५ बजे

कञ्चनपुर।   पुराना दलले चन्दा संकलन गरेको आरोप लगाउँदै आएको नयाँ पार्टी रास्वपाले पनि अधिवेशन र महाधिवेशनका नाममा आर्थिक सहयोग माग्न थालेको गुनासो छ । कञ्चनपुरमा एक कम्पनीका हाकिमलाई सम्बोधन गर्दै पैसा नै तोकेर लेखिएको आर्थिक सहयोगसम्बन्धी पत्र बाहिरिएको छ ।

कृष्णपुर नगरपालिका १ का वडा सभापतिले दस्तखत गरेर पठाएको पत्रमा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकसँग ३० हजार आर्थिक सहयोग मागिएको छ । जेठ २७ गतेको पत्रमा स्थानीयले समेत सहयोग गर्दै आएकाले रास्वपाको असार १ गतेदेखि हुने प्रदेश र असार ७, ८, ९ गते हुने केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग मागिएको विवरणमा उल्लेख छ । रास्वपा सत्तासिन दल हो। रास्वपाका वरिष्ठ नेता वालेन साह अहिले प्रधामनत्री छन।

एकातिर ठेक्कापट्टा समयमा सम्पन्न नगर्नेलाई चुनावताका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम पुगेर डोरीले बाँध्ने  वा रुखमा बाँधेर भए पनि समयमा निर्माण गराउने उनको भनाइ थियो । गत महिना दुई जना ठेकेदारलाई काम ढिलो सम्पन्न गरेको आरोपमा पक्रेर सिंहदरबारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा रातभर राखियो पनि । अहिले सोही पार्टीले आर्थिक सहयोग भन्दै उनै ठेकेदारसँग रकम मागेको अवस्थाले समयमा निर्माण कार्य सम्पन्न होला त भन्ने प्रश्न उठाएको छ ।



२०८३ ज्येष्ठ ३० १२:४५ बजे

प्रतिक्रिया