सुदूरपश्चिममा जनसम्वन्ध विस्तार अभियान सञ्चालन

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ २९ ११:२० बजे

धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुदूरपश्चिम (व्युरो न.१ र २) को सँयुक्त आयोजनामा यहि असार १ गते  देखि पहिलो चरणमा कैलाली कञ्चनपुर डडेल्धुरामा  साम्राज्यवाद फासिवादका विरुध्द राष्टिय स्वाधिनताको रक्षाका लागी जनसम्वन्ध विस्तार अभियान २०८३  सञ्चालन गरिने २ न. व्युरो सेक्रेटी लालवहादुर मडैले वताएका छन। 

स्थानिय अवस्था अनुसार  जनता र अन्य पार्टीका व्यक्तिहरु सँग भेटधाट अन्तसम्वाद अन्तक्रिया, छलफल,कोणसभा ,चौतारी सभा सिमानामा जोडिएको जनता सँग सम्वाद गरिने कार्यक्रम रहेको वताइन्छ।व्युरो इञ्चार्ज लालवहादुर जाग्रीले आफ्नो फेसवुकमा अभियानको व्यानर पोष्ट गर्दै चरण चरणमा कार्यक्रम सञ्चालन हुने अभियानलाई सहयोग समर्थन गर्न र सहभागीता   जनाउन अनुरोध गरेका छन।

त्यसैगरी वैठक नभएका जिल्लाका वैठक गाउँ नगर भेला   गरेर  समितिहरु गठन पुनःगठन गरिने। पार्टी छोडेका वा निष्क्रिय भएका पार्टी सदस्य सँग भेटघाट्अध्यावधि फारम भर्ने,जवस र मोर्चा सदस्यता वितरण गरेर समिति निर्माण गरिने १ न. व्युरो सेक्रेटि रामवहादुर महराले वताएका छन।


२०८३ ज्येष्ठ २९ ११:२० बजे

प्रतिक्रिया