मेयर बालेनमाथि एमाले नेता महेश बस्नेतको अस्वभाविक टिप्पणी

मेयर बालेनमाथि एमाले नेता महेश बस्नेतको अस्वभाविक टिप्पणी

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ ११:१६ बजे
महेश बस्नेत

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथि खनिएका छन् ।  

एमाले सांसद बस्नेत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र  शाह  माथि अस्वभाविक तरिकाले  खनिएका  हुन् । बालेनले महानगरभित्र बनाइएका अनधिकृत संरचनामा डोजर चलाउन थालेपछी केही नेताहरू यसलाई गलत भनिरहेका बेलामा महेश बस्नेत पनि बालेन माथि खनिन पुगेका हुन् ।  बस्नेत तब झस्किए जब बालेनले अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए ।

अल्फाबिटा कम्प्लेक्समा डोजर चलाउदासाथ बस्नेतले अल्फाबिटा कम्प्लेक्सका मालिक द्विराज शर्मासँगको फोटो राख्दै बालेनले अल्फाबिटा कम्प्लेक्समा डोजर किन लगाए भन्ने प्रश्नका साथ दुई बुँदा पनि जोडेका थिए जहाँबाट  बालेन र बस्नेत  बिच पहिलो टकराब हुन पुग्यो । पहिलो बुँदामा क्रमशः नक्सा पास अनुसार घर निर्माण नगरेको भएर र दोश्रोमा हामीसँग नजिक भएर वा फोटो लिएको कारण ? यसरी दुई बुँदा दिदै यदि पहिलो कारण भए जायज होला दोश्रो कारण भए आफूहरू मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए । उनको त्यही पोस्टमा मेयर बालेनले  उनै कम्प्लेक्सका मालिक शर्मासँग आफूले समेत खिचेको फोटोसहित कमेन्टमा  लेखेका थिए, फोटो त हामीसँग नि खिच्नु भाको छ, पहिलो कारण नै हो । नियमकानुन पालना सबैले गर्नुपर्छ कमरेड । बरु हजुरको घरको नक्सा पास छ कि छैन ?'

मेयर बालेनको यही कमेन्टको स्क्रीनसट राखेर फेरी बस्नेत अर्को स्टाटसमा आफ्नो घरको नक्सा हेर्ने भए सूर्यविनायकमा काजमा आउनु  आग्रह  गरेका थिए ।  बस्नेतले  बालेनलाई आफ्नो तिर ध्वंस होइन निर्माणको लहर चलेको भन्दै २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन सुझाव दिएका थिए । 

 महानगरले नक्सा पास नभएका संरचना भत्काउनुलाई आतंकको संज्ञा दिदै बस्नेत यो नियन्त्रण गर्न बाध्य हुनेछौं भन्दै विरोध सुरु गरेका थिए ।  बस्नेतले कहिले आतंक मच्चाउने बन्द नगरे सुधार गृह लैजाने चेतावनी दिए  भने  कहिले ज्यान तलमाथि हुनसक्ने चेतावनी दिए ।

बालेनले जवाफमा आफूलाई कसैले केही गर्न नसक्ने बताए तर बस्नेत भने दैनिक बालेनमाथि धम्कीपूर्ण कुरा गरिरहे । एक कार्यक्रमका बीच बालेनसहित बस्नेतले रबि लामिछाने, रमेश खरेल, रबिन्द्र मिश्र लगायत नेताहरुमाथी आपत्तीजनक शब्द प्रयोग गर्दै कार्यकर्तालाई हातगोडाले सम्झाउन निर्देशन  दिए ।

उनले भने, 'डोजर लगेको ड्याङ कि ड्याङ भत्काउन पाइदैन, रबि लामिछाने, बालेन, रबिन्द्र मिश्र, रमेश खरेलका नाममा विभिन्न खाले अन्तर्राष्ट्रिय मिसन परिचालित छन्, नेताको शरिरमा कुकुरको टाउको जोड्देका छन् त्यसको तीन गुणा गाली गर्नुस केही भयो भने हामी जिम्मेवार छौं । सकभर मुखले सम्झाउनु मानेनन् भने हातगोडा के के ले हो सम्झाउनुस परेको पार्टीले बेहोर्छ ।'

 बालेनको  आलोचना  गरेकै कारण  नेता बस्नेतले पनि  फेसबुकमा  निकै गालि खाँए  । बस्नेतले  गुन्डा शैली  अपनाएको  भन्दै उनको  अहिले सामाजिक सञ्जालमा निके आलोचना  भइरहेको छ ।  बस्नेत मेयर बालेनको विपक्षमा आएका मन्तव्य, समाचार, विचार र भिडियो निरन्तर पोस्ट, शेयर गर्दै आइरहेका छन् ।

२०७९ भदौ १७ ११:१६ बजे

प्रतिक्रिया