काठमाण्डौ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ कानुनी कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगरेको जनाउँदै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीले उनलाई जरिवाना तिराएको छ ।
साम्पाङले केही दिनअघि एउटा हातले मात्र मोटरसाइकल चलाइ स्टण्डवाज गरेको भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ ।
उनलाई सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ (१) ङ १८ बमोजिम लापरवाही गर्न नहुने कसुरमा जरिवाना गरिएको ट्राफिक व्यवस्थापन कार्यालयका एक अधिकृतले जानकारी दिए । जसअनुसार पहिलो पटक लापरबाही गरेको व्यक्तिको हकमा पाँच सयदेखि १५ सयसम्म जरिवाना गर्ने व्यवस्था छ ।
‘उहाँको पहिलोपल्ट भएकाले सामान्य जरिवाना तिराएका छौँ, फेरि दोहोरिएमा कडा कारबाही हुन्छ’, ती अधिकृतले भने । एक पार्टीको सँसदिय दलको नेताले यसरी गैरकानुनी रुपमा मोटरसाइक चलाएर स्टण्ड गर्दै जादा जनतामा गलत सन्देश जाने उहाँका समर्थकले पनि यसको अन्धनक्कल गरेमा कानुनको पालन गर्न गराउन समस्या आउने हुदा उहाँको यस्तो अपरिपक्वा व्यवहारको सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेण्ट गर्दै आलोचना गरेका छन।
प्रतिक्रिया