दाङ। प्रगतिशिल जनवादी कलाकार नारायण योगीको किसान दाइ नामक गितको भिडियो सामाजिक सञ्जालमा भरखर सार्वजनिक गरिएको छ।
गितमा किसान दाइ खै तिम्रो हक जीउने स्वतन्त्र अधिकार ,महंगी भ्रष्टाचार चुलियो दुखपिर उस्तै छ बारम्बार भन्ने शव्द रचना सँगित रहेको छ। रचना ,संगीत ,निर्देशन , नारायण योगी को हो।
यसलाई AI द्वारा रबिन गुरूङले (जेनेरेट) गरेका हुन। इडिटको काम गुरु प्रसाद कुमाल बुलबुलले गर्नु भएको थियो।गीतले किसानका बर्षौ देखिका समस्या ,महगीं, भ्रष्टाचार ,मल बीउ,कृषिमा सरकारले लगानी नगर्नु ,कृषिमा आधुनिकिकरण, र किसानले यो समस्यालाई लिएर संयुक्त आन्दोलन उठाउनु पर्ने लगायतका बिषय उठाउन खोजीएको नारायण योगीले वताएका छन।
गित युवट्व फेसवुक ह्वटसफ समेतका सामाजिक सञ्जालमा भाइरल भएको छ। यो गितको भिडियो सेयर लाइन स्सक्रावड र कमेण्टका लागी रचनाकार योगीले सामाजिक सञ्जाल प्रयोगककर्ता लाई आग्रह गरेका छन।
प्रतिक्रिया