विचारधारात्मक तथा राजनितिक प्रशिक्षण सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख १७ ०७:४२ बजे
नेपालगञ्जको प्रशिक्षण कार्यक्रमको उदधाटनशत्रको फोटो

नेपालगञ्ज। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय समितिको आयोजनमा  सिसिएमहरुको  ३ दिने विचारधारात्मक तथा राजनितिक प्रशिक्षण नेपालगञ्जमा सम्पन्न भएको छ।

यहि वैशाख १४, १५ र १६ गते भएको प्रशिक्षण हिजो सम्पन्न भएको थियो। १४ गते पार्टीका स्थायी समिति सदस्य सिताराम तामाङगले व्यानर वाचन गरेर उदधाटन गरेको प्रशिक्षणको उदधाटनशत्रको अध्यक्षता स्थायी समिति सदस्य कृष्ण पौडेलले र सञ्चालन स्थायी समिति सदस्य एव प्रवक्ता हेमन्तप्रकास ओलीले गरेका थिए। कार्यक्रमको सफलताको शुभकामना तथा आवश्यकता वारे पार्टी पिविएम तथा २ न. व्युरो इञ्चार्ज लालवहादुर जाग्री पार्टी पिविएम एव ४ न. व्युरो इञ्चार्ज समिरले र १ न. व्युरो सचिव रामवहादुर महराले  प्रकाश पारेका थिए। कार्यक्रममा स्वागत भाषण  पिविएम तथा ३ न. व्युरो इञ्चार्ज शेरवहादुर देउवाले गरेका थिए।

प्रशिक्षणमा स्थायी समिति सदस्य कृष्ण पौडेलले सँगठनात्मक प्रस्ताव , सँगठनात्मक नियमावली र आर्थिक नियमावली सम्वन्धि विषयमा,स्सिथायी समिति सदस्य सिताराम तामङगले आर्थिक निति र उत्पादन, किसान सँघर्ष सम्वन्धि विषयमा र स्थायी समिति सदस्य परिथापाले जनसँगठन निर्माण  विस्तार , तात्कालिन राजनिति परिस्थिति र पार्टी निति माक्सवाद र सँशोधनवाद र स्थायी समिति सदस्य एव प्रवक्ता हेमन्त ओलीले सँघर्षको कार्यदिशा जिल्ला अधिवेशन \भेला वारे प्रशिक्षण दिएको एक सहभागीले वताएका छन।

प्रशिक्षणको समापनशत्रको अध्यक्षता सिताराम तामङग सञ्चालन परिथापा गर्नुभएको थियो। १ ,२ , ४ न. व्युरो सचिव रामवहादुर महरा लालवहादुर मडै टिकाराम पौडेले र ३ न. व्युरो कार्यालय सदस्य विपिन रोकायाले प्रशिक्षणको समिक्षात्मक मन्तव्य राख्नु भएको थियो। प्रशिक्षणमा  १, २, ३, ४ न. व्युरो अन्तगतका सिसिएमहरुको सहभागिता रहेको वताइन्छ।


२०८३ वैशाख १७ ०७:४२ बजे

प्रतिक्रिया