२२ भदौसम्म उम्मेदवार सिफारिस गरिसक्न एमालेको निर्देशन

२२ भदौसम्म उम्मेदवार सिफारिस गरिसक्न एमालेको निर्देशन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १६:२१ बजे
एमाले

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ।

एमालेको १०–११ भदौमा सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकका निर्णयलाई १५ भदौमा पार्टी अध्यक्ष केपी ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम समय २२ भदौलाई तोकिएको हो। 

निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा जिल्ला र प्रदेश कमिटीले रायसहित केन्द्रमा सिफारिस गर्नुपर्नेछ। समानुपातिकतर्फ सिफारिस गर्दा समावेशिताका आधारमा गर्नुपर्नेछ भने जनसंगठनको केन्द्रीय तहबाट एक जना महिलासहित तीन जनालाई समानुपातिकमा सिफारिस गर्नुपर्नेछ।

२०७९ भदौ १६ १६:२१ बजे

प्रतिक्रिया