चीनले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

चीनले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३ १७:०४ बजे
ज्ञापन पत्र

काठमाडौं ।  चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशबीच समन्वय नगरी तारबार लगाएको समाचारलाई लिएर राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठको ध्यानाकर्ष गराएको छ ।

अध्यक्ष यादवले ज्ञापनपत्रमा भनेका छन्,अन्तर्राष्ट्रिय कानून र मूल्य मान्यताको उल्लंघन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती हो । चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक पटक हुने प्रहारको जति निन्दा गरे कम हुन्छ ।

हालको सरकार गठन भएको सुरुआती अवस्थामा नै नेपाल–चीन सीमामा हुने अतिक्रमणहरूविरुद्ध चालिएको कदमहरू प्रशंसनीय रहेको उनको भनाई  रहेको छ । 

ज्ञापन पत्र



२०७९ साउन ३ १७:०४ बजे

प्रतिक्रिया