काठमाण्डौ। सम्पत्ति शुध्दिकरणअन्तर्गत हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनीको ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्ट र गृहमन्त्री सुधन गुरुङ्गवीच ब्यापारिक साझेदारीको प्रमाण भेटिएको छ ।
दुई वीचको साझेदार कम्पनी हो-स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड,जसको दर्ता नम्बर ३०४६७० \०७९\८० रहेको छ। सन्चालक लगतको तेस्रो नम्बरमा दिपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गसकी प्रतिनिधि कर्मचारी श्रीमती प्रजुनी बज्राचार्यको नाम छ । साझेदारीको ४९ नम्बरमा गोर्खा चुमनुब्री-२ बस्ने दिलबहादुर गुरुङ्गका छोरा श्री सुधन गुरुङ्गको नाम प्रष्ट देखिन्छ । यहाँ सुधनको नागरिकता नम्बर ११३७९ राखिएको छ भने उनका नाममा पच्चिस हजार कित्ता शेयर जारी भएको छ ।
प्रतिक्रिया