तिनजना विचौलिया व्यापारी पक्राउ केहि शँकाको घेरामा

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र २२ १४:०० बजे

काठमाण्डौ।  शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्ट पक्राउ परेपछि अस्ति राति सुलभका पिता तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परिसकेका छन् । 

भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग आर्थिक कारोबारमा जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाउने क्रममा सुलभ तानिएका हुन् । भट्टसँग शंकास्पद कारोबार गरेकाहरुमा कम्तीमा अरु आधा दर्जन व्यक्ति रहेको बताइन्छ ।यिनीहरु लाई शँकाको घेरामा राखेर अनुसन्धान हुदै आएको छ।

 



२०८२ चैत्र २२ १४:०० बजे

प्रतिक्रिया