काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पाँचौं पूर्ण बैठक २०८२ चैत्र १७–१९ सम्म दाङको घोराहीमा सम्पन्न भएको छ । बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा विभिन्न निर्णयहरु गरेको चैत्र २० गते दाङ घोराहीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
बैठकले राष्ट्रिय स्वाधीनताको पक्षमा प्रमुखताका साथ कार्याक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य कारवाहीबाट इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनी सहित उच्च अधिकारीहरुको हत्याको घोर विरोध प्रकट गर्दै इरानको प्रतिरक्षाको समर्थन गर्नुका साथै इरानमा भएको मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्तिको माग गरेको छ ।
अमेरिकाले खाडी क्षेत्रमा आफ्नो बेसक्याम्पहरु निर्माण गरेकोमा ती सैनिक अड्डाहरु हटाउन जोडदार माग गरेको छ । पार्टीले शुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेको निर्वाचन बहिस्कारको क्रममा निर्वाचन बहिस्कार पक्षधर नेता कार्यकर्ताहरु माथि गरेको धरपकडको घोर विरोध गरेको छ ।
खाडी क्षेत्रमा कार्यरत युद्ध प्रभावित मजदुरहरुलाई तदारुकताका साथ उद्धार गर्न माग गरेको छ । बैठकले जेन जेड विद्रोहको छनविन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको छानविन आयोगले भाद्र २३ गतेको घटनाका दोषीलाई मात्र कारबाही शिफारिस गरेकोले भाद्र २४ गतेको घटनाको दोषीलाई पनि कारबाहीको माग गरेको छ ।
प्रतिक्रिया