ओली -लेखक लाई थप पाँच दिन हिरासतमा राख्ने अदालतको अनुमति

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र १५ १८:२६ बजे

काठमाण्डौ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई प्रहरीले थप पाँच हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ । काठमाडौं जिल्ला अदालतले दुई जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

हिजो बिहान पक्राउ परेका ओलीलाई भर्चुअल र लेखकलाई भौतिक रुपमा अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । 

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली,लेखक,तत्कालीन प्रहरी प्रमुख आईजीपी चन्द्रकुबेर खापुङ्ग, सिडियो छविलाल रिजाल, गृहसचिव गोकर्णमणि दवाडीमाथि फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरेको थियो । 


२०८२ चैत्र १५ १८:२६ बजे

प्रतिक्रिया