ओली रिहाईको माग गर्दै एमालेको देशव्यापी आज प्रर्दशन

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र १५ ११:१७ बजे

काठमाण्डौ।   नेकपा एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै आइतबार देशव्यापी आन्दोलन गर्दैछ ।शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले आइतबार जिल्ला सदरमुकाममा विरोध र्‍यालीसहित देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको हो।

एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी र गौरी बहादुर कार्कीको पूर्वाग्रही जाँचबुझ आयोग खारेज गरेर अर्को आयोग गठन गर्न माग गर्दै दिउँसो विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाउने जानकारी दिए।

एमालेले घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

‘२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति एमालेले विरोध जनाउँदै अध्यक्ष ओलीको पक्राउप्रति आपत्ति जनाएको छ ।

एमालेले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक माथि गरिएको नियोजित, निर्देशित र गैरकानुनी गिरफ्तारीको विरोध, उनीहरूको रिहाई, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाको गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि एमाले सडकमा उत्रेको महासतिव पोखरेलको जिकिर छ ।



२०८२ चैत्र १५ ११:१७ बजे

प्रतिक्रिया