काठमाडौं । साम्राज्यवादी युद्धको विरोधमा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेकाछन् । २०८२ चैत्र ६ गते काठमाडौं माइतीघरमा दिउँसो १ बजे जम्मा भएर विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले अमेरिका –इजरायल र इरान युद्धको प्रभाव परेका देशहरुबाट नेपालीहरुको जीवन सुरक्षा गर्न तथा उनीहरुको उद्धार गर्न माग गरेका छन् ।इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणको विरोध तथा मध्यपूर्वमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाको सुनिश्चितताका लागि युद्ध तथा हिंसात्मक हस्तक्षेपको विरुद्ध आवाज उठाएकाछन्।
उनीहरुले सुर्खेतमा इनिशा बि.क.को हत्या प्रकरणमा पीडित पक्षले न्याय पाउनुपर्ने, महंगी नियन्त्रण हुन पर्ने लगायतका मागहरु राखेका छन् । त्यस सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) सम्बद्ध अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का उपाध्यक्ष रुपा बुढा,नेपाल कम्युनिष्ट पार्टी (मसाल) सम्बद्ध अखिल (छैठौं का अध्यक्ष सुवास जि.सी., नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सम्बद्ध सम्बद्ध अखिल (समाजवादी)का अध्यक्ष नरेन्द्र बि. क.जनपक्षीय विद्यार्थी युनियनकी सुनिता बुढाथोकी, बैज्ञानिक समाजवादी विद्यार्थी युनियनका प्रतिनिधि लयायतले विरोध सभामा मन्तव्य राखेका थिए ।
प्रतिक्रिया