रवीन्द्र मिश्रको रणनितिमा राप्रपा र एमाले

रवीन्द्र मिश्रको रणनितिमा राप्रपा र एमाले

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १४:०० बजे
रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीको नेतृत्व छाडेका रवीन्द्र मिश्र राप्रपासँग एकता गर्ने तयारीमा  जुटेका छन् । 

प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं(१ बाटै पुनः उम्मेदवारी दिन लागेका छन् । मनोनयन अगावै राप्रपासँग ‘एकता’ या प्रवेश भएको खण्डमा उनी हलो चिह्नबाट चुनाव लड्ने अनलाइनखबरले जनाएको छ । 

यस अघि पनि मिश्र राप्रपाको पक्षपोषण गर्दै आएका छन् । उनलाई राप्रपामा ल्याउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपनि सकरात्मक रहेका छन् । 

वैकल्पिक राजनीतिको विमर्श चलाइरहेका मिश्र संवैधानिक राजसंस्था, हिन्दु(बौद्ध राज्यलगायत माग राखेर  अगाडी आएका छन् । 

‘एकताको छलफल हुँदैछ, तत्कालै भएन भने पनि चुनावमा मलाई राप्रपाले सहयोग गर्न सकारात्मक जवाफ दिएको छ’ मिश्रले भने, ‘एमालेले पनि सहयोग गर्ने अपेक्षा राखेको छु ।’

एमाले अध्यक्ष केपी ओलीसँग भेट्न पहिलोपल्ट बालकोट निवास पुगेका मिश्रले आइतबार विभिन्न विषयमा सकारात्मक छलफल भएको  जनाएका छन् । काठमाडौं १ मा मिश्रलाई एमालेले  सघाउने स्रोतले जनाएको छ ।  यसको  सट्टा उनले पनि  एमालेलाई सहयोग  गर्नु पर्ने अवस्था  आउने बताएका छन् ।  

२०७९ भदौ १४ १४:०० बजे

प्रतिक्रिया