चुनावमा सहभागी पाँच वामपन्थी दलका भोट कस्का कति

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २६ १९:५१ बजे

काठमाण्डौ। आम निर्वाचन २०८२ फाल्गुन २१ गते सम्पन्न निर्वाचनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी े नेपाल सहित छ वटा पार्टीले चुनाव वहिष्कार गरेको थियो।

चुनावमा सहभागी हुने वामपन्थी दलहरु मध्ये नेकपा (मसाल)ले वैधानिक मोर्चा राष्टिय जनमोर्चाका नाम वाट  गिलास चिन्ह लिएर चुनावमा सहभागी  भएको वताइन्छ।राजमोका एकजना उम्मेदवार वाहेक सवै उम्मेदवारको धरौटी जफत भएको छ। देशभरी वाट गिलास चिन्हमा  २९ हजार ३ सय ६१ मत प्राप्त  भएको निर्वाचन आयोगले जनाएको छ।

नारायणमान विजुच्छे नेतृत्वको  नेमकिपाले मादल चिन्ह लिएर चुनावमा सहभागी भएकोमा नेमकिपाले पनि भक्तपुर वाहेक देशभरीका उम्मेदवारको धरौटी जफत भएको छ। समानुपातिकमा देशभरी वाट ४२ हजार १ सय १६ मत प्राप्त गरेका छन।

सि.पि. मैनालीको  नेकपा(माले)का देशभरीका सवै उम्मेदवारको जमानत जफत  भएको छ । समानुपातिकमा देशभरी वाट हसिया तारा चिन्हमा  ६ हजार १ मत प्राप्त गरेको छन।

नेत्रविक्रम चन्द  नेतृत्वको नेकपा(माओवादी)ले गुलाव चिन्ह लिएर चुनावमा सहभागी भएकोमा कालीकोट वाहेक देशभरीका उम्मेदवारको धरौटी जफत भएको छ।समानुपातिकमा देशभरी वाट गुलाव चिन्हमा २३ हजार ६ सय ४४ मत आएका छन।

धनश्याम भुसालको नेतृत्वको नेकपा (सँयुक्त)का कुनै पनि उम्मेदवार  धरौटी फिर्ता गर्न सफल भएन्न। देशभरी वाट हसिया चुनाव चिन्हमा  ४ हजार ४ सय ५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

२०८२ फागुन २६ १९:५१ बजे

प्रतिक्रिया