डडेल्धुरामा १० जना उम्मेदवारको धरौटी जफत २ जनाले वचाए तारा जोशि विजय

डडेल्धुरामा कस्का कति मतको विवरण सहित

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २४ १४:०३ बजे
चक्र स्नेहि,गौरव ऐर महेन्द्र पुन चन्द्रदेव विक क्रमश

डडेल्धुरा। डडेल्धुरा जिल्लामा एक मात्र  प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा १३ जनाले उम्मेदवारी दिएका थिए। जस मध्ये दश जनाको धरौटी जफत  भएको छ।धरौटी जफत हुने उम्मेदवारमा नेकपा (एमाले) का उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जनाको धरौटी जफत भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१(१) अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान रहेको छ।

डडेल्धुरामा कुल ४३ हजार ६७ मत सदर भएकाले धरौटी जोगाउन उम्मेदवारले कम्तीमा ४ हजार ३ सय ७ मत ल्याउनुपर्ने थियो। तर एमालेका स्नेहीले २ हजार ९२६ मत मात्रै प्राप्त गरेपछि उनको धरौटी जफत भएको हो।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोविन्द खडायतको हलोमा ८८२ , आम जनता पार्टीका खडकबहादुर ठकुराठीको मोवाइकमा २७ राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विकको गिलासमा १०६, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्टको मादलमा ७०, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्टको ११७ र श्रम संस्कृति पार्टीका महेन्द्र पुन मगरको माटोमा २६० मत भएकोले धरौटी जफत भएको छ।

यस्तै स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐरको सिरिन्जीमा ४५३, सुरेन्द्र रावलको आपमा ३३ र तीर्थराज उप्रेतीको तिलहरीमा १०७ भए पनि आवश्यक मत ल्याउन नसक्दा धरौटी जोगाउन सकेनन्।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा ताराप्रसाद जोशीको घण्टीमा १९१३१ मतले विजयी भएका छन्। नेपाली कांग्रेसका नैनसिंह महरको रुखमा १२१२१ र नेकपाका मानसिंह मालको तारामा ६८३४ मतभएकोले आवश्यक मत प्राप्त गर्दै आफ्नो धरौटी जोगाएका छन्।

२०८२ फागुन २४ १४:०३ बजे

प्रतिक्रिया