काठमाडौं । दार्चुलाको दुधिला मावि अपि हिमाल–३ को मतदान केन्द्रमा स्थानीय जनताले मतदान बहिस्कार गरेका छन् । स्थानीय कोही पनि मत हाल्न गएका छैनन् ।
यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।
त्यसैगरी, बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पिडित दाङ मध्यवर्ती बबई गाउँपालिकाअ ७ देउती मावि मतदान केन्द्र र बबई १ जनता आवि जिला मतदान केन्द्रमा पनि अहिलेसम्म मत खसेको छैन। मतदाता आएका छैनन, मतदान केन्द्र सुनसान भएको छ। यो दाङको निर्वाचन ३ मा पर्छ।
त्यसैगरी ओखलढुंगा मानेभङ्ज्याङ–७ र बझाङको तालकोट गाउँपालिका ४ लुकड मतदान केन्द्रका मतदाताले पनि निर्वाचन बहिस्कार गरेका हुन् ।डोल्पामा पनि मतदान वहिष्कार गरेको विभिन्न सामाजिक सञ्जाल देखिन्छ।
प्रतिक्रिया