काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सदस्य तथा नवलपरासी जिल्ला सचिव एव पत्रकार रवि पाण्डेयलाई फागुन १८ गते साँझ ६ः३०बजे बर्दघाट न.पा. वडा नम्बर २ , दिब्यनगर स्थित आफ्नै पसलबाट प्रहरी टोलिले गिरफ्तार गरेको छ।
सो क्रममा पसल तथा घर खानतलासी गरी घरबेटी तथा परिवारका सदस्यहरुलाई दुखदिने काम भएको छ। निर्वाचनको विरुद्धमा आफ्ना अभिव्यक्ति दिएको आरोप लगाई गिरफ्तार गरिएको वताइएको छ। संविधान प्रदत्त अधिकार अनुरुप शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा गरिएको धरपकड प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले सुशीला कार्की नेतृत्वको सरकारको कृयाकलापको भ्रत्सना गर्दै विना सर्त तुरुन्त रिहा गर्न माग गर्नु भएको छ ।
यसै गरी आज क्रान्तिकारी प्रेस संगठन संयोजक नारायण पंगेनी एक वक्तव्य निकाली कुनै पनि नागरिककोअभिब्यक्ति स्वतन्त्रता संविधान प्रदत्त मौलिक अधिकार हो। नागरिकले कुनै पनि उम्मेदवारलाई भोट दिन्न भन्न पाउछ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरि हाम्रो संगठन क्रान्तिकारी प्रेस संगठनका सदस्य रवि पाण्डेयलाई पक्राउ गरिनु खेदजनक छ। पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न क्रान्तिकारी प्रेस संगठन सरकार सँग माग गर्दछ भनिएको छ।
प्रतिक्रिया