इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी अमेरिकी साम्राज्यवादका विरुध्द लड्दा- लड्दै सहिद भए

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १७ ११:१८ बजे
खामेनी

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी अमेरिकी साम्राज्यवादका विरुध्द लड्दा लड्दै शहिद भएको इरानी सरकारी टेलिभिजन र विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। ८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको नेतृत्वमा थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले यसअघि नै खामेनी मारिएको दाबी गरेका थिए। सुरुमा इरानी अधिकारीहरूले उनी सुरक्षित रहेको बताएका थिए। तर आइतबार बिहान इरानी अधिकारीहरूले पनि मृत्युको पुष्टि गरेको समाचार संस्थाReuters   ले जनाएको छ।

खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि आक्रमणमा मारिएको अमेरिकी पत्रिकाThe New York Times ले इरानको अर्धसरकारी समाचार संस्था Fars News Agency लाई उद्धृत गर्दै लेखेको छ।

शनिबार बिहान संयुक्त राज्य अमेरिका र इजरायल ले संयुक्त रूपमा इरानमा सैन्य हमला गरेका थिए। राजधानी तेहरानस्थित खामेनीको निवास नजिकै ठूलो विस्फोटका आवाज सुनिएको र धुवाँका मुस्लो देखिएको थियो। सार्वजनिक भएका भिडियो र तस्बिरहरूमा निवास परिसर तथा आसपासका भवनहरूमा क्षति पुगेको देखिएको छ।

खामेनीको मृत्युपछि इरान सरकारले ४० दिने सार्वजनिक शोक घोषणा गरेको छ। देशभर उच्च सतर्कता अपनाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।


२०८२ फागुन १७ ११:१८ बजे

प्रतिक्रिया