काठमाण्डौ। फासिष्ट कठपुतली सरकारको प्रहरीले हिजो दिउसो प्यूठानको बिजुवारबाट कान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा केन्द्रीय सदस्य तथा प्यूठान इञ्चार्ज टिकाराम पौडेल र वैकल्पिक केन्द्रीय सदस्य तथा प्यूठान सचिव वीरबहादुर पुनलाई गिरफ्तार गरेको छ ।
यसरी नै सल्यान जिल्ला समितिका सचिवालय सदस्य गिरिधल बस्नेतलाई पनि हिजो नै गिरफ्तार गरिएको छ । कान्तिकारी कम्युनिस्टहरुको गिरफ्तारीका घटनाले पंचायती व्यवस्थाले अन्तिम सास फेरिरहेको अवस्थालाई विर्साइरहेका छन् । यी गिरफ्तारीका घटनाहरुले जन आक्रोस सञ्चय भइरहेको वक्तयमा उल्लेख गरेका छन ।
हामीले पटकपटक क्रान्तिकारी नेता तथा कार्यकताहरुलाई गिरफ्तार नगर र गिरफ्तार गरिएकालाई ससम्मान रिहाइ गर भन्दा राज्यसत्ता अन्धो र बहिरो हुँदै शान्तिपूर्ण तरीकाले चुनाव बहिस्कारका कार्यक्रम गरिरहेका, घरमै आफ्नो काममा लागेका र बाटोमा हिड्दै गरेका कमरेडहरुलाई गिरफ्तार गरिरहेको छ ।
हामी आम जनसमुदाय र कमरेडहरुलाई भन्दछौ कि बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाऔ, गिरफ्तार हुन तयार हौ, प्रहरी हिरासत तथा कारागार भर्न तयार हौ । त्यसपछि कारागारका ताला खुल्नेछन् र हाम्रा साथीहरू छुटनेछन् भन्दै पार्टी प्रवक्ता सुर्दशनले आज एक वक्तव्य जारी गरेका छन।
प्रतिक्रिया