चुनावी प्रचारमा नगएको आरोपको आशँकामा पुकार पार्टी वाट निष्कासित स्पष्टिकरणको मौका नदिइ निकाल्नु प्राकृतिक न्यायका सिदान्त विपरित-पुकार

पार्टीमा परिवारवाद, नातावाद, कृपावाद र व्यक्तिवाद हावी भए सोझो र इमानदार कार्यकर्ता कहिल्यै अघि आउन सक्दैनन -पुकार

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १२ १८:४९ बजे
भरत धानुक पुकार

धनगढी। नेकपा(माओवादी केन्द्र) हाल नेकपाको करिव पच्चिस सय केन्द्रिय सदस्य मध्येका एक भरत धानुक पुकार लाई  उनको पार्टीले पार्टी वाट निष्कासन गरेको पत्र पठाएको छ। पत्रमा पार्टी विरोधि गधिविधिमा लागेको भनि आरोप लगाएको छ। तर पार्टी विरोधि कुन गधिविधि कहिले कहाँ के के काम गरेका हुन सो वारे पार्टीको पत्रमा केहि उल्लेख गरेको छैन। पार्टी विरोधि गधिविधि गरेको हो होइन उहाँलाई पार्टीले स्पस्टिकरण समेत नसोधि  सुनुवाइको मौका सम्म नदिइ प्राकृतिक न्यायको सिदान्त विपरित कार्वाहि गरेको उहाले फेस वुक स्टाटस लेखेर जनाएका छन।

पुकारले आज आफ्नो फेसवुक स्टाटसमा आफ्नो फोटो कार्वाहिकको पत्र पोष्ट गर्दै लेखेका छन-

सबैलाई हार्दिक नमस्कार  अभिवादन छ ।

हजारौं सहिदको बलिदान, घाइते योद्धाको रगत अनि लाखौं जनता र कार्यकर्ताको पसिना बाट निर्माण भएको माओवादी पार्टीमा नेताहरु क्रमशः भ्रष्ट हुँदै गए, सच्चिनु पर्छ । आज हाम्रै शुभचिन्तक जनताले यो पार्टी बिग्रीयो भन्छन, पार्टी बिग्रीनु हुँदैन भन्ने मेरो मुख्य चिन्ता हो । 

पार्टीमा परिवारवाद, नातावाद, कृपावाद र व्यक्तिवाद हावी भए सोझो र इमानदार कार्यकर्ता कहिल्यै अघि आउन सक्दैनन । पार्टीमा सबैलाई न्यायहुने परिपाटी बिकास हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

शिर्ष तहमा रहेका नेताहरू बिचौलिया, दलाल, कमिसनखोर, भ्रष्ट र बेइमान ठेकेदार, व्यापारी, तस्करहरुको प्रभावमा पर्नु हुँदैन र आफ्नो मूल्य मान्यता एवम् आदर्श छोड्नु हुँदैन भन्ने मेरो सुझाव हो ।

पार्टीको आदर्श, बिचार, सिद्धान्त र चरित्रलाई गुमाउनु हुँदैन । सत्ताको लागि सम्झौता गर्नु र अडान छोड्नु गलत हो । हाम्रो बर्ग र हाम्रो बिचार र जनताप्रती घात हुनेकाम गर्नु हुँदैन । सत्ता, सरकार र पद मात्रै सबैथोक होइन भन्ने मेरो आपत्ति हो । 

अनि पार्टी सदस्यको भावना नबुझ्ने नेता र सुझाव नमान्ने पार्टीले कार्यकर्तालाई राजनीति र सांगठनिक न्याय कसरी गर्छ भन्ने मेरो प्रश्न हो ।

पार्टीको सदस्यता बोक्दैमा गलत ब्यक्ति प्रती बफादार बन्न र  गलतलाई पनि सहि भनेर संधै जिन्दावाद भनिरहन म सक्दैन थिए । यसपाली चुनावमा म खटेको थिएन । पार्टीले कुनै स्पष्टीकरण नसोधी कार्वाही गरेछ । ठिकै छ ।

कांग्रेस, एमाले, माओवादी (हालको नेकपा), पुराना पार्टी सित जनता आक्रोस छ्न । आन्दोलन परिवर्तनको लागि भएको हो । जनताले परिवर्तन चाहेको छन । परिवर्तन समयको माग हो । 

इमानदारीता, सत्य र न्यायको बाटो छोड्ने छैन । जय स्वाभिमान ।


२०८२ फागुन १२ १८:४९ बजे

प्रतिक्रिया